स्वागत छ

स्वागत

हावर्ड सेन्टरमा स्वागत छ। हामी चित्तेन्देन काउन्टीमा बालबालिका, वयस्क अथवा पररवारहरूलाई मानसिक स्वास्थ्य,  पदार्थको उपयोग र विकासात्मक अशक्तता सेवाहरूको पूर्ण दायरा प्रदान गर्दछौं। हामी तपाईं हाम्रो वेबसाइटमा भएका हाम्रा सेवा तथा स्रोतहरूको जानकारीहरू उपयोगी पाउनुहुनेछ भनी आशा गर्दछौं।

यो एउटा चिकित्सा आपातकालीन हो भने कृपया 9-1-1 डायल गर्नुहोस्।

तपाईं वा तपाईंले चिनेको कसैले संकटको सामना गदैछ भने, कृपया चित्तेन्देन काउन्टी 802-488-7777, हाम्रो 24/7/365 मोबाइल संकट सेवामा फोन गर्नुहोस्। हाम्रा चिककत्सकहरूले फोन र व्यक्तिगत सहायता, व्यक्तिगत मूल्याङ्कन, दीर्घकालीन संकट व्यवस्थापन, उपयुक्त सेवाहरूका लागि रेफरलहरू र सामुदायिक स्रोतहरूको बारेमा जानकारी उपलब्ध गराउने छन्।

हाम्रो सेवाहरूको सम्बन्धमा एक कर्मचारी सदस्यसँग कुरा गर्न, 802-488-6000 मा फोन गर्नुहोस्। तपाईंले फोन गर्नुहुँदा, तपाईंले हावर्ड सेन्टरको कर्मचारीसँग कुरा गर्नुहुनेछ जसले शुल्क बिना नै फोन कलको व्याख्यान सेवाहरू मिलाउन सक्छ।

हामीले प्रस्ताव गरेका केही सेवाहरू निम्न छन्:

  • इनटेक र मूल्याङ्कन सेवाहरू
  • बालबाचल, वयस्क अथवा पररवारका संकट र परामर्श सेवाहरू
  • अटिज्म र बौचिक अपाङ्ग व्यक्तिहरूको सहायता सेवाहरू
  • पदार्थको उपयोगको विकार भएका व्यक्तिहरूको परामर्श तथा चिकित्सा सेवाहरू
  • गम्भीर र लगातार मानसिक स्वास्थ्य चुनौतीहरू भएका व्यक्तिहरूका गहन सेवाहरू
  • बालबालिका, युवा अथवा युवा वयस्कहरूको  शिक्षा तथा स्कूल सेवाहरू
  • आवासीय सहायता अथवा सेवाहरू

हामी दयापूर्ण हेरविचार अनि उपचारप्रदान गर्दछौं। हामी मानिसहरूलाई छोटो समयमा सहायता गर्न सक्छौं वा हामी उनीहरूलाई जीवनभरि नै सहायता गर्न सक्छौं। हामी जवान र बुढालाई समान रूपमा सहायता गर्दछौं। हामी मानिसहरूलाई उनीहरूको घर, काम, हाम्रो शहर अनि हाम्रो सारा समुदायमा सहायता गर्दछौं। हामी आशा गर्दछौं कि तपाईंलाई आवश्यक सहायता वा सेवा तपाईंले साँच्चिकै यहाँ पाउनुहुनेछ।

 

बाब चबक, सीईओ
हावर्ड केन्र